images

ओसाकामा ५औं बिएफसी लालिगुराँस कप २०२५, आयोजना हुने

ओसाका, जापान । बेन्तेन्च्यो एफसी ओसाकाको आयोजनामा ५औं बी.एफ.सी. लालीगुराँस कप २०२५ आगामी सेप्टेम्बर २७ ९शनिबार० का दिन भव्य रूपमा आयोजना हुने भएको छ। “शान्ति राष्ट्रको लागि, खेल स्वास्थ्यको लागि” भन्ने मूल नाराका साथ हुने प्रतियोगिता बिहान १० बजेबाट सुरु भई दिनभर सञ्चालन हुनेछ। बेन्तेन्च्यो एफसीको आयोजनामा हुन लागेको उक्त प्रतियोगीताबाट आम्दानी भएको केही अंश रकम नेपालको बेसवल खेल उत्थान र प्रवर्धनमा खर्च गरिने बेन्तेन्च्यो एफसीका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए  ।

प्रथम पुरस्कार चार लाख जापानीयन रहेको छ भने उपविजेताले २ लाख जापानीयन हात पार्नेछन साथै बेस्ट प्लेयर, बेस्ट किपर, हाइस्कोरर खेलाडीहरुको लागि नगद ५ हजार जापानी यन तथा ट्रफी लगाएतका आकर्षक पुरस्कार रहेको संयोजक श्रेष्ठले बताए  । प्रतियोगितामा सहभागिता जनाउनको लागि जापानको जुनसुकै स्थानबाट पनि टिम दर्ता गर्न सकिने बताईएको छ ।

खेलमा यस पटक पनि जापान स्थित करिब २८ वटा नेपाली फुटबल क्लबहरुको सहभागिता रहने बताईएको छ। प्रतियोगिता संचालनका लागि जापानमा रहेका सम्पूर्ण संघ, संस्था, जापानी कम्पनी एंव व्यवसायीहरुलाई सहयोगका लागि अनुरोध समेत  गरिएको संयोजक श्रेष्ठले बताए ।
 

शनिबार २१ भदौ २०८२ ०९:२५ AM मा प्रकाशित

प्रतिक्रिया