काठमाडौं । यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ६।५५ अंकले घटेर २७१९।७७ बिन्दुमा रोकिएको नेप्से परिसुचक आईतबार ११।५२ अंकले घटेर २७०८।२५ बिन्दुमा रोकिएको छ । साथै, कारोबार रकममा पनि कमी आएको देखिएको छ ।साताको अन्तिम कारोबार दिन बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएकोमा आज ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएको छ ।आज सेन्सेटिभ इन्डेक्स २।३२ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०।७७अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०।६६ अंक घटेको छ ।यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९।९७ प्रतिशतले बढेर ३९१।४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।एनआईबिएल समृद्धि फन्ड–२ को शेयर मूल्य प्रतिकित्ता ५।८३ प्रतिशतले बढेर ९।२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनिर्भसल पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५।१२ प्रतिशतले बढेर ४००।६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।यसदिन पञ्चकन्यामाई हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ४।६२ प्रतिशतले घटेर ३५६।८१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३।९२ प्रतिशितले घटेर ४७५।८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । ओरियन्टल होटेल्स लिमिटेडको शेयर मूल्य ३।७० प्रतिशतले घटेर प्रतिकित्ता ७७७।८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।यसदिन युनियन हाइड्रोपावर लिमिटेड, एभरेष्ट बैंक, नेपाल रिइन्स्यारेन्स, हिमालयन डिस्टीलरी र युनिर्भसल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
प्रतिक्रिया