काठमाडौं । अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ काठमाडौंमा आयोजना हुने भएको छ । ’स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुन लागेको हो ।नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स ९नायर० को आयोजनामा हुने उक्त शैक्षिक मेला आगामी भदौ २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।आयोजकका अनुसार मेलामा अष्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूसहित उल्लेख्य संख्यामा शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । विद्यार्थीहरूले अष्ट्रेलियामा अध्ययन गर्न आवश्यक शैक्षिक ऋण, भिसा प्रक्रिया, छात्रवृत्ति विवरण, भर्ना प्रक्रिया तथा बीमा सेवाबारे प्रत्यक्ष जानकारी पाउने आयोजक पक्षले जानकारी गराएको छ । विशेषगरी यस वर्ष कक्षा १२ पुरा गरेका विद्यार्थी, स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू साथै अभिभावकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।नायरका अध्यक्ष उद्धव खड्काका अनुसार शैक्षिक मेलाले विद्यार्थीहरूलाई अष्ट्रेलियामा उच्च शिक्षा सम्बन्धी सबै आवश्यक परामर्श निःशुल्क उपलब्ध गराउनेछ । सो अवसरमा विभिन्न छात्रबृत्तिको व्यवस्था गरिएको र विद्यार्थीहरूलाई सीधा अवसर लिन सकिने वातावरण मिलाइएको आयोजकको भनाई छ ।मेलाको इभेण्ट म्यानेजमेन्ट इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले गर्ने भएको छ भने नायरका अध्यक्ष उद्धव खड्का र महासचिव विराज पाण्डेले यसलाई सफल बनाउन तयारी तीब्र पारिएको जनाएका छन् । उनका अनुसार यस मेलालाई नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न विश्वसनीय प्लेटफर्मको रूपमा प्रस्तुत गरेको छ ।नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स ९नायर० अष्ट्रेलियामा अध्ययनका अवसरबारे नेपाली विद्यार्थीलाई सहज, पारदर्शी र विश्वासिलो शैक्षिक परामर्श दिने उद्देश्यले स्थापना गरिएका शैक्षिक संस्थाहरुको छाता संगठन हो । अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरूसँग प्रत्यक्ष समन्वय गर्दै नायरले शिक्षा मेला, सेमिनार र अन्तरक्रियामार्फत विद्यार्थी र अभिभावकलाई आवश्यक जानकारी, भिसा प्रक्रिया, छात्रबृत्ति तथा अन्य शैक्षिक सेवाबारे मार्गदर्शन गर्दै आएको छ ।
 
प्रतिक्रिया