images

जापनको, टोकियोमा ‘श्रीमद्भागवत ज्ञान महायज्ञ’ हुने 

टोकियो जपान । जापानमा “एकिकृत नेपाली घर बहुसांस्कृतिक केन्द्र” निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजित सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ नोभेम्बर ८ देखि १५ सम्म टोकियोको सिन्जुकुमा हुने भएको छ।

एनआरएनए जापानको संयोजनमा हुने महायज्ञका लागि मण्डप निर्माण, कलश यात्रा र स्वयम्सेवक परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सुवास लामिछानेले बताएका छन्।

महायज्ञमा कथा वाचन शिरोमणिका रुपमा रहेका वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिन्पोछेले गर्नेछन्। फुकुओका, ओसाका र नगोयामा सम्पन्न सत्सङ्ग कार्यक्रममा नेपाली समुदायको उत्साहजनक सहभागिताले कार्यक्रम भव्य हुने अपेक्षा गरिएको छ।

लामिछानेका अनुसार महायज्ञबाट प्राप्त रकम जापानको चिबा क्षेत्रमा निर्माणाधीन “नेपाली घर” परियोजनाका लागि प्रयोग गरिने बताउनु भयो । एनआरएनए जापानले जापानभरका नेपालीहरूलाई आर्थिक सहयोग र सहभागिताका लागि आह्वान गरेको छ।

शुक्रबार​ २१ कात्तिक २०८२ ०५:११ PM मा प्रकाशित

प्रतिक्रिया