images

४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ

रौतहट । बारा प्रहरीले प्रतिवन्धित लागुऔषध एम्पुल सहित एक जनालाई पक्राउ गरेको छ । ४ हजार ५ सय पिस एम्पुल सहित प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका वाड न. ७ बस्ने बर्ष २० को सेराज अन्सारीलाई पक्राउ गरेको हो ।  कलैया उपमहानगरपालिका वाड न. ५ भरत चोकबाट मटिअर्वा जाने सडकबाट प्रतिवन्धित लागुऔषध एम्पुल सहित अन्सारीलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता तथा डिएसपी विजयराज पण्डितले जानकारी दिए । 
उनका अनुसार दुई वटा आँपको क्यारेटमा लागुऔषध राखी उभिरहेका मानिस प्रहरी टोलिलाई देख्नसाथ भाग्न खोजेपछी शंकाको आधारमा चेकजाँच गर्दा फेला परेको हो ।  प्रतिवन्धित लागुऔषध एम्पुल सहित नोफिन १५००, फेनारगन १५०० र डाइजोपाम १५०० पिस बरामद गरेको प्रहरीले उल्लेख  गरेको छ । १५ पोकामा रहेको लागुऔषध सहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
 

मङ्गलबार २४ असार २०८२ १०:२७ AM मा प्रकाशित

प्रतिक्रिया