images

नयाँ बानेश्वर घटनापछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज देशभर व्यापक प्रदर्शन भइरहेको छ । राजधानी काठमाडौँसहित विभिन्न सहरमा गरिएको जेनजीको प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्ने क्रममा नयाँ बानेश्वरमा गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ ।
 

सोमबार २३ भदौ २०८२ ०४:३७ PM मा प्रकाशित

प्रतिक्रिया