काठमाडौं । यसअघि लगातार चार कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि ३५.९९ अंकले घटेर बन्द भएको छ । आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको नेप्से आज ३५.९९ अंक घटेर २६७२.२५ बिन्दुमा रोकिएको छ । यद्यपी, आईतबारको तुलनामा आज कारोबार रकममा भने सामान्य सुधार देखिएको छ ।साताको पहिलो कारोबार दिन आईतबार ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएकोमा आज कुल ३२० स्टकको ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार ६९८ रुपैयाँ बराबरको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ ।आज सेन्सेटिभ इन्डेक्स ५.२१ अंकले घटेको छ । फ्लोट इन्डेक्स २.२२ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.८६ अंक घटेको छ ।यसदिन हिमस्टार उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेर ४३०.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसपछि नेशनल सिटिजन्स डेबेन्चर ८६ को मूल्य प्रतिकित्ता ४.३५ प्रतिशत वृद्धि भई १,१३७.३७ रुपैयाँ मा अन्तिम कारोबार भएको छ । त्यस्तै, युनाइटेड हाइड्रोपावर शेयर मूल्य प्रतिकित्ता ३.०८ प्रतिशत बढ्दै ४६३.९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनिभर्सल पावर कम्पनी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.०४ प्रतिशत बढेर ४१२.८२ रुपैयाँमा अन्मि कारोबार भएको छ ।आजको नेप्से कारोबारमा केही कम्पनीका शेयरमा उल्लेख्य गिरावट देखिएको छ । सबैभन्दा धेरै घट्ने सूचीमा बुटवल हाइड्रोपावर रहेको छ । यस कम्पनीको शेयर मूल्य ५.२८ प्रतिशत ले घटेर ६७१.५५ रुपैयाँ मा झरेको छ । त्यसपछि नेशनलमाइक्रोइन्स्योरेन्स कम्पनीका शेयर मूल्य ४.४४ प्रतिशत ले घट्दै १,१९९.९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, गाण्डकी डेभलपमेन्ट बैंकको शेयर मूल्य ४.२७ प्रतिशत ले घटेर १,००५.२५ रुपैयाँ मा पुगेको छ । यसदिन युनियन हाइड्रोपावर लिमिटेड, नेपाल रिइन्स्यारेन्स र युनिर्भसल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
प्रतिक्रिया