images

आजको मौसम स् तराई भू–भागका अधिकांश स्थानमा हुस्सु

काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ ।कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।यस्तै, आज राती तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

शुक्रबार​ २५ पुस २०८२ १०:३८ AM मा प्रकाशित

प्रतिक्रिया