images

सुनको मूल्य घट्यो


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १४ सय रुपैयाँले घटेको हो बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९०  हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

शुक्रबार​ २६ बैशाख २०८२ ०२:५१ PM मा प्रकाशित

प्रतिक्रिया