images

वाढि पहिरोका कारण भएको क्षतिप्रति महासंघद्धारा दुःख व्यक्त

वाढि पहिरोका कारण भएको क्षतिप्रति महासंघद्धारा दुःख व्यक्त काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले, रसुवा जिल्लाको नेपाल–चीन सीमानामा मंगलबार बिहान गएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।  साथै, यस विपद्मा परेका व्यक्तिहरूको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाहरूको सुरक्षित बसोबासका लागि महासंघ नेपाल सरकारसँग आग्रह पनि गरेको छ ।   वाढी पहिरोले चीनसंगको मुख्य व्यापारिक नाकामा सुख्खा वन्दरगाहमा क्षति हुनुका साथै त्यहाँ राखिएका इलेक्ट्रिक र मालवाहक सवारी साधनलाई बगाएको छ । यस विषयमा रसुवा उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, कन्टेनर ढुवानी संघ र नेपाल स्वतन्त्र यातायात मजदुर संघका पदाधिकारीहरूले महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठलाई भेटेर क्षतिको विवरण जानकारी गराउँदै तत्काल सहयोगका लागि पहल गरिदिन आग्रह गरेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।   महासंघले गृह मन्त्रालय र ल्हासास्थित महावाणिज्य दुतावासलाई पनि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । साथै चीन तर्पm फसेका नेपालीहरुको उद्धारका लागि कुटनीतिक पहल गर्न र नेपाल तर्पmको उद्धारका लागि नेपाल सरकारसंग अनुरोध गरेको छ ।

बुधबार २५ असार २०८२ १०:२७ AM मा प्रकाशित

प्रतिक्रिया