images

जेन जीको प्रदर्शनमा भएको सरकारी दमनबाट महासंघ स्तब्ध

काठमाडौं । जेन जीको प्रदर्शनमा भएको सरकारी दमनबाट महासंघ स्तब्ध, तत्काल वार्ता मार्फत् समस्याको निकास खोज्न सरोकारवाला समक्ष अपील भ्रष्टाचार निवारण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन लगायतका माग सहित जेन जी पुस्ताद्धारा हिजो राजधानी लगायतका अन्य प्रमुख शहरहरुमा गरिएको प्रदर्शनमा प्रहरी दमन हुँदा ठूलो मानवीय क्षति भएको प्रति नेपाल निर्माण व्यवसायी महासंघ गहिरो दुःख व्यक्त गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली सहित मृतआत्माको चिर शान्तिको कामना र शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । महासंघले मंगलवार विज्ञप्ती जारी गर्दै प्रदर्शनका क्रममा घाइते भएका समस्त प्रदर्शनकारी र सुरक्षाकर्मीहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । देशमा व्याप्त भ्रष्टाचारका कारण आजित भएर युवाहरु सडकमा आउनुले नेपालको अन्तर्राष्ट्रिय छविमा समेत अत्यन्त गम्भीर असर परेको हुँदा सरोकारावाला सबैलाई संयमित हुँदै भ्रष्टाचार लगायत मुलुकमा विद्यमान अन्य सबै समस्याको निकासका लागि अविलम्ब सार्थक वार्ता थाल्न महासंघले अपील गरेको छ ।

मङ्गलबार २४ भदौ २०८२ ०८:४४ PM मा प्रकाशित

प्रतिक्रिया