images

डल्फिन फिड्समा भेटिएको २,५०० किलो गुणस्तरहीन मकै नष्ट

काठमाडौं । बाँकेको डलल्फिन फिड्समा भेटिएको २,५०० किलो गुणस्तरहिन मकै नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको नेपालगन्ज कार्यालयले बाँके जिल्लाको कोहलपुर नगरपालिका–७ स्थित डल्फिन फिड्स प्रालिमा भेटिएको उक्त गुणस्तरहीन मकै नष्ट गरेको हो ।कार्यालयका अनुसार मिति २०८२÷०८÷१७ गते उद्योगको अनुगमन तथा निरीक्षणका क्रममा उद्योग परिसरमा ९३ बोरा मकै कैफियतयुक्त भन्दै ट्याग लगाएर राखिएको पाइएको थियो । उक्त मकैको प्रयोगशाला परीक्षण गर्दा ५० बोरा मकैमा कैफियत देखिएको र बाँकी ४३ बोरा मकै प्रयोगका लागि उपयुक्त रहेको पुष्टि भएको थियो ।परीक्षण प्रतिवेदनका आधारमा विभागको कार्यालयले कोहलपुर नगरपालिका–७ का वडाध्यक्ष तथा डल्फिन फिड्स प्रालिका सञ्चालकको रोहबरमा गुास्तरिहिन मकै नष्ट गरिएको विभागले जनाएको छ । नष्ट गरिएको मकैको परिमाण ५० बोरा ९प्रति बोरा ५० केजी० गरी जम्मा २,५०० केजी रहेको छ । यसको अनुमानित मूल्य ८२ हजार ५०० रुपैयाँ बराबर रहेको कार्यालयले जनाएको छ ।खाद्य सुरक्षाको मापदण्ड कायम राख्ने उद्देश्यले यस्तो कदम चालिएको जनाउँदै कार्यालयले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि नियमित अनुगमन तथा गुण नियन्त्रण कार्यलाई निरन्तरता दिइने जनाएको छ ।

शनिबार २६ पुस २०८२ ०३:४२ PM मा प्रकाशित

प्रतिक्रिया