images

मिथिला नगरपालिकामा सिँचाइ बोरिङ उद्घाटन

जनकपुर । धनुषाको मिथिला नगरपालिका–९ मा सिँचाइ बोरिङ उद्घाटन गरिएको छ । जसपा नेपाल मधेस प्रदेश सदस्य चन्देश्वर महतोले सो बोरिङ उद्घाटन गरेका हुन् ।सिँचाइ सुविधा बिस्तार भएपछि किसानहरूलाई खेती गर्न सहज हुने अपेक्षा गरिएको छसहित उक्त बोरिङ जडान गरिएको हो ।  कार्यक्रममा बोल्दै नेता महतोले कृषि क्षेत्रमा यस्ता आयोजनाहरू महत्वपूर्ण हुने धारणा राखे । उनले मधेश प्रदेशका अन्य स्थानहरुमासमेत सिँचाइको सुविधाका लागि पहल गरिरहेको जानकारी दिए । तराई क्षेत्रमा उचित सिँचाइको व्यवस्था नभएकै कारण भारतबाट अन्न मगाउनुपर्ने बाध्यतालाई अनत्य गर्न सरकारले सिँचाइमा ध्यान नदिएको उनले आरोप लगाए ।स्थानीय कृषकहरूले सिँचाइ बोरिङ निर्माण भएपछि कृषि उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।कार्यक्रममा जसपा नेपालकी महिला नेत्री मनुमाया मुक्तान, समाजवादी युवा संघ नेपालका प्रदेश उपाध्यक्ष सुरज महतोसहित विभिन्न स्थानीय नेता तथा नागरिकहरूको उपस्थिति रहेको थियो ।

सोमबार २६ फागुन २०८१ ०२:५८ PM मा प्रकाशित

प्रतिक्रिया