काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जनाएका छन् । प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेको रास्वपाको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।