images

संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै 

काठमाडौं  । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्दैछ । मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो । 
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ भने बैठकमा ‘नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिनको १ बजे बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । 
 

मङ्गलबार २८ जेठ २०८२ १०:५८ AM मा प्रकाशित

प्रतिक्रिया