images

सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता

काठमाडौं । सिमरामा १३२ केभी क्षमताको सबस्टेशन निर्माण गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल विद्युत प्राधिकरण बीच मंगलबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बिच मंगलबार दरबारमार्ग स्थीत प्राधिकरणको कार्यालयमा यस्तो सम्झौता भएको जानकारी दिए । सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गरी त्यस क्षेत्रमा विद्युत सेवा विस्तार गर्ने उद्येश्यले सब स्टेशन निर्माण गर्ने योजना अनुरुप दुईपक्ष बिच सम्झौता भएको उनले बताए । प्रवक्ता ढकालका अनुसार उद्योग मन्त्रालयले बहुवर्षिय परियोजनाहरु स्विकृत गरेपछि टेन्डर आह्वान गरेर सबस्टेशन निर्माणका बाँकी कार्यहरु अघि बढाउने याोजना रहेको छ । उक्त क्षेत्रमा के कस्ता र कति क्षमताका उद्योगहरु स्थापना हुन्छन सोहि अनुसार उक्त कति पावर सप्लाइ गर्ने भन्ने कुरा निक्र्यौल हुने बताइएको छ । नेपाल विद्युत प्राधिकरणका र सेजका प्रतिनिधिहरु बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
 

बुधबार २९ जेठ २०८२ १२:३१ PM मा प्रकाशित

प्रतिक्रिया