कैलाली - बैतडीको पाटनमा गएराति भएको जिप दुर्घटनामा ज्यान गुमाएकाहरुको सनाखत भएको छ ।
प्रहरीका अनुसार मृतक सबै बझाङको केदारस्यू गाउँपालिकाका रहेका छन् ।
गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको पाटन नगरपालिका स्थित झौलेकमा झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७६४ नम्बरको जिप राति ११ बजे दुर्घटना भएको थियो ।