ओसका, जापान । धादिङ समाज जापान, कान्साई क्षेत्रीय समितिको दोस्रो अधिवेशन ओसाकामा हुने भएको छ । सामुदायिक एकता, सहकार्य, र समझदारीको माध्यमबाट सामाजिक रूपान्तरणमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको समाजको दोस्रो अधिवेशन आयोजना हुन लागेको समाजका अध्यक्ष दिपक भण्डारीले जानकारी दिनु भयो ।
अधिवेशन यही मे २५ तारिक आइतबार ओसाका स्थित नानिवा कुमिन सेन्टर मा साँझ ५ बजेदेखि सुरु हुने बताईएको छ । आगामी दिनमा अझ सशक्त, समावेशी र सक्रिय संगठन निर्माणमा प्रेरणा दिने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सफल बनाउन आवश्यक सम्पूर्ण तयारीहरू भईरहेको र कार्यक्रममा अतिथिका रूपमा कान्साई क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई औपचारिक पत्राचार मार्फत निमन्त्रणा गरिएको पनि अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।
धादिङ जिल्ला तथा समग्र नेपाली समुदायको साझा प्रतिनिधित्व गर्ने यो अधिवेशनमा कान्साई क्षेत्रका सम्पूर्ण संघसंस्था, सामाजिक अभियन्ता तथा आम नागरिकहरूलाई सक्रिय सहभागिताको लागि समेत अनुरोध गरिएको बताउनु भयो ।
प्रतिक्रिया