images

पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन

काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ । आइतबार राणाको ७८ वर्षको उमेरमा निधन भएको हो । उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए भने  उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए । सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
 

आइतबार​ ३० चैत २०८१ १२:१० PM मा प्रकाशित

प्रतिक्रिया