काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ नगद पुरस्कारको घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै बान्टमवेट च्याम्पियन बनेका ढाँटलाई प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुकबाट ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय समेत गरिएको जानकारी दिएका छन् । उनले पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल भएकोमा ढाँटलार्ई बधाई समेत दिएका छन् ।
प्रतिक्रिया