images

एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरु, भक्तपुरमा राष्ट्रिय नेतृत्वको जमघट

काठमाडौं । नेकपा ९एमाले० को ११ औँ महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ ।शनिबार उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ताहरू भक्तपुर पुगेका छन् ।पार्टीको भावी नेतृत्व चयन, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले आयोजना गरिएको महाधिवेशनलाई एमालेले संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।महाधिवेशनमा पार्टी अध्यक्ष, महासचिवसहित केन्द्रीय नेतृत्व चयन हुनुका साथै राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

शनिबार २७ मंसिर २०८२ ०९:४२ AM मा प्रकाशित

प्रतिक्रिया