images

एनपिएलकामार्की खेलाडीको लक्की ड्र आज

काठमाडौं । नेपालक्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपालप्रिमियर लिग(एनपिएल) मार्की खेलाडीको लक्की ड्र शनिबारहुदैछ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहितपौडेल, सन्दीप लामिछाने, कुशलभुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपालकामी र कुशलमल्ललाई एनपीएलको मार्की खेलाडी घोषणागर्दै सार्वजनिक गरेको थियो । एनपीएलमा सहभागी आठ फ्रेन्चाईजीपोखरा, काठमाडौं,जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णालीले आठ मार्की खेलाडीलाई लक्की ड्रबाट आफ्नो टिममा सामेल गराउने क्यानले जनाएको छ । क्यानले आज अपराहन्न १ बजे लक्की ड्र कार्यक्रममार्फत मार्की खेलाडी कुनफ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुंगो लगाउने जनाएको छ । ‘लक्की ड्र’ बाट आएकापहिलो खेलाडी काठमाडौंले पाउनेछ । त्यस्तै, दोस्रोदेखि आठौं नम्बरमा पोखरा, चितवन, विराटनगर, लुम्बिनी, जनकपुर, कर्णाली र सुदूरपश्चिमको पालो आउनेछ । एउटा मार्की खेलाडीले तीनवर्ष खेल्नुपर्ने हुन्छ । मार्की खेलाडीलाई राख्नपाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसकालागिउसले क्यानसँग समन्यवय गर्नुपर्नेछ ।
 

शनिबार २९ भदौ २०८१ १०:११ AM मा प्रकाशित

प्रतिक्रिया