images

नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश अध्यक्षमा रोयल आचार्य विजयी

काठमाडौं । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य ९रोयल० विजयी भएका छन् ।  आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी स्मृति ढुङ्गानाले एक सय ९२ मत प्राप्त गरेकी हुन् । उनी प्रेस सेन्टरका हुन् । उपाध्यक्ष ९समावेशी० मा पुष्पा थपलियाले दुई सय १७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी पवित्रादेवी ढकालले एक सय ८६ मत प्राप्त गरिन् ।  यस्तै, महासचिवमा अशेष अधिकारीले दुई सय ५४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी भानु भट्टराईले एक सय ६७ मत प्राप्त गरे ।  सोही प्रदेशबाट केन्द्रीय सदस्यमा मनुका कुँवर तीन सय एक र पवित्रा मुडभरी दुई सय नौ मत ल्याएर विजयी भएका छन् ।
 

शनिबार २९ मंसिर २०८१ ०९:४३ AM मा प्रकाशित

प्रतिक्रिया