कांग्रेस प्रदेशसभा सदस्य कुँवरले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन्त्री पद नपाएपछि मन्त्री कुँवरल पदबाट राजीनामा दिएका हुन् ।बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाए । उनले वैशाख २ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन् ।

गण्डकीमा आज पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिमण्डलमा उनी मन्त्री हुन चाहन्थे । तर मन्त्री बन्न नपाएको झोकमा उनले राजीनामा दिएका हुन् ।