images

पशुपतिनाथमा अब भक्तजनले चारवटै ढोकाबाट दर्शन गर्न पाउने 

काठमाडौं। आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थी भक्तजनका लागि खोलिएको छ । 
पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएकोप्रति ध्यान दिँदै शनिबार बिहान ४ बजे देखि नै पशुपति क्षेत्र विकास कोषले मन्दिरका चार वटै ढोका दर्शनार्थीको लागि खुला गरेको हो । 
यसअघि हरेकदिन पशुपतिनाथ मन्दिरमा पूजाका लागि भट्टहरु प्रवेश गरेपछि मात्र बिहान ८ः३० बजेपछि भक्तजनका लागि तीनवटा ढोका खोल्ने गरिएको थियो । 
विकास कोषले पशुपतिनाथ मन्दिरको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गर्ने गरेको थियो । यसअघि हरितालिका तीज, महाशिवरात्रिर बालाचतुर्दशीकोविशेष दिनमात्रै पशुपतिको चारै ढोका खोल्ने गरिएको थियो । 
 

शनिबार २ असार २०८१ ०१:०५ PM मा प्रकाशित

प्रतिक्रिया