images

अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द हुँदापाकिस्तानको विश्वकप यात्रा टुंगियो 

काठमाडौं । अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान आइसीसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।
समूह ए को खेलमा अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल टस समेत हुन नसकि रद्दहुँदा दुवै टिमले एक–एक अंक बाँडे । यी दुई बिचको खेलको नतिजामा झिनो आशा राखेको पाकिस्तान भने खेल रद्द भएसँगै प्रतियोगिताबाटै बाहिरन पुग्यो ।
तालिकामा थप एक अंक जोडेसँगै अमेरिका विश्वकपको सुपर आठमा प्रवेश गरेको छ ।
जारी विश्वकप अन्तर्गत समूह ए मा रहेको भारतले तीन खेलमा छ अंक जोडेर सुपर आठमा यसअघि नै पुगिसकेको छ। चार खेल खेलेको अमेरिका पाँच अंकसहित दोस्रो स्थानमा रहेर सुपर आठमा प्रवेश गर्दा तीन खेल खेलेको पाकिस्तान दुई अंकसहित तेस्रो स्थानमा रहँदै एक खेल अगावै बाहिरिएको हो ।
 

शनिबार २ असार २०८१ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया