images

स्पिनरको उम्दा प्रर्दशनमा नेपालसामु दक्षिण अफ्रिकाद्वारा ११६ रनको लक्ष्य प्रस्तुत 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई११६ रनको लक्ष्य दिएको छ । 
शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमाटस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रनमा बनाएको हो।स्पिनरले उम्दा प्रर्दशन गर्दा नेपालले ११६ रनको लक्ष्य पाएको हो । 
दक्षिण अफ्रिकाका रेज हेनड्रिक्कसले सर्वाधिक ४३ रनको पारि खेले । यस्तै, ट्रिस्टान स्टुब्सले २७ रन, कप्तान आइदेन मार्करमले १५ र क्विन्टन डी ककले १० रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १९ रन खर्चिएर ४ लिए । यस्तै, ऐरीले चार ओभर बलिङ गरेका अलराउण्डर दीपेन्द्रसिंह पनि २१ रन खर्चिएर ३ विकेट निकाले । 
सुपर–८ को सम्भावना कायम राख्न नेपाललाई आजको खेलमा दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्नै पर्ने दबाब छ । 

शनिबार २ असार २०८१ ०१:०० PM मा प्रकाशित

प्रतिक्रिया