३२ साउन, २०८२ । काठमाडौंमा ९ बर्ष अघि सञ्चालनमा आएको महानगर यातायात प्रा.लि. ले शुरुमा ३९ वटा ठूला बसबाट शुरु गरेको हाल आएर चक्रपथमा सञ्चालन हुने गरी १२ वटा विद्युतिय ठुला बसको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल उद्घाटन गर्नु भएकोे छ । महानगर यातायात प्रा.लि.ले छिमेकी देश चिनको प्रख्यात कम्पनी चेरीद्धारा निर्माण गरिएका अध्याधुनिक सुविधा सम्मपन्न बस भित्राउनका लागि नेपालको आधिकारी बिक्रेता शशिला मोर्टस प्रा.लि. रहेको छ । उक्त कम्पनीले महानगर यातायात प्रा.लि. आवश्यक पर्ने सर्भिस र पार्टसमा कमी हुन नदिने शशिला मोर्टस प्रा.लिका महाप्रबन्धक अशोक राज सुवेदीले बताउनु भएको छ ।
उक्त कार्यक्रममा बागमती प्रदेशका श्रम तथा भौतिक पूर्वाधार मन्त्री प्रेमभक्त महर्जनले संवैधानिक व्यवस्था अनुसार यातायात क्षेत्रको नियमन र व्यवस्थापनका लागि प्रदेश तहबाटनै काम भई रहेको बताउनुभयो । यसैगरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नीतिगत सुधार र व्यवस्थापनका लागि सरकारले काम गरि रहेको भन्दै सेवा प्रवाहलाई स्तरीय बनाउन व्यवसायीहरुबाट भई रहेको प्रयास सह्रानिय रहेको बताउनभयो ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतले सार्वजनिक यातायात पहुँचयोग्य र स्तरीय बनाउनु पर्नेमा जोड दिनु भयो । सो कार्यक्रमका कार्यकारी अध्यक्ष सन्तोष खतिवडाले आगामी दिनमा यसलाई विस्तार गर्नुको साथै उक्त कम्पनीलाई पब्लिक लिमिटेडमा लगेर सबैको यातायात बनाउने योजना रहेको बताउनु भएको छ । बिद्युतिय यातायातलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने कम्पनीको रणनिति रहेको बताउनु भएको छ ।
प्रतिक्रिया