images

चालु आर्थिक वर्षको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो

काठमाडौं ।  चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज ९बुधबार० सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला २ हजार २ सय ७५रुपैयाँमा कारोवार  भएको चाँदी आज २ हजार २ सय ६० रुपैयाँमा कारोबार भैइरहेको छ ।
 

बुधबार ३२ असार २०८२ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया