३० असोज, जनकपुरधाम । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा जितेन्द्र सोनार ‘सोनल’ ले शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीसँगै कनिश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ लिएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एक सिटको नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ ।
प्रतिक्रिया