काठमाडौं । निर्देशकनवीन सुब्बानिर्देशितफिल्म ‘गाउँआएको बाटो’ले ‘चिठ्ठीप्रतियोगिता’को आयोजना गरेको छ ।
फिल्म युनिटले ‘आफ्नाबुबालाई आफ्ना छोराछोरीलाई चिठ्ठी लेख्नुहोस् र पढेर भिडियो बनाउनुहोस अनिजित्नुहोस आर्कषक मोबाइलफोन’भन्ने प्रचार सामाग्री सार्वजनिकगर्दै प्रतियोगिताआयोजनाको जानकारी दिएको हो ।
निर्माण टिमले जेठ ३ गतेबाट २२ गतेसम्म पठाइएका भिडियोलाई प्रतियोगितामा सहभागी गराइने उल्लेख गरेको छ । प्रतियोगीले चिठ्ठीप्रतियोगिताको भिडियोमा अनिवार्य रुपमाफिल्मको नाम र प्रदर्शन मिति राख्नुपर्ने सर्त राखेको छ ।
त्यसमा भिडियो निर्माण कम्पनीबाँसुरी फिल्मस्को पेजमा ट्याग गर्नुका साथै बाँसुरी फिल्मस्को युट्युबच्यानल सब्सक्राइभ गरेको हुनु पर्ने शर्त निर्माण टिमको छ ।
प्रतियोगितामाप्रथमहुनेले ‘होनोर एक्सनाइनबी’, दोस्रो हुनेले ‘होनोर एक्सएटबी’ र तेस्रो हुनेले ‘होनोर एक्ससेभेनबी’ पुरस्कार स्वरुपजित्नेछन् ।
फिल्मले पूर्वी नेपालको हिमाली क्षेत्रमाबाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सात वर्षे छोरा बिन्द्रे (प्रसान राई)को जीवनमाउक्तगाउँमा मोटरबाटो भित्रिएसँगै आएकाआधुनिक परिवर्तन र संघर्षको कथा पेस गर्नेछ ।
यही जेठ २५ गतेबाट रिलिजहुने फिल्ममादयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमूखभूमिकामा छन् ।
प्रतिक्रिया