images

जापानमा व्यवसाय र समाजसेवामा सक्रिय कृष्ण भुसाल, एनआरएनए जापानको केन्द्रीय सदस्यमा उम्मेदवार

ओसाका (जापान), — जापानको ओसाका शहरमा बसेर व्यवसाय र सामाजिक सेवामा सक्रिय रहनुभएका कृष्ण भुसाल सामान्य परिवारमा हुर्कनुभएको हो। जीवन यात्रा सरल नभए पनि उहाँ सधैं कर्ममा विश्वास राख्दै अघि बढ्नुभयो, जसले आजको स्थानसम्म पुर्‍याएको छ।

सन् २०१७ मा भाषा विद्यार्थीको रूपमा जापान आउँदा भुसालका लागि सुरुवाती दिनहरू सहज थिएनन्। फरक भाषा, संस्कृति र जीवनशैलीका कारण थुप्रै चुनौतीहरू सामना गर्नुपर्‍यो। तर उहाँले आफ्नो लगनशीलता र मेहनतको बलमा ती सबै चुनौतीहरू पार गर्नुभयो। जापान आएको एक वर्षमै उहाँले भाषा विद्यालयबाट दुई वर्षे छात्रवृत्ति प्राप्त गर्नुभयो। त्यसपछि विश्वविद्यालयमा उत्कृष्ट प्रदर्शन गर्दै जापानको प्रतिष्ठित रोटरी क्लबबाट २४ लाख येन बराबरको छात्रवृत्तिसमेत प्राप्त गर्न सफल हुनुभयो।

तर कृष्ण भुसालको परिचय केवल सफल विद्यार्थी वा व्यवसायीका रूपमा सीमित छैन। सामाजिक उत्तरदायित्वप्रति गम्भीर रहनुभएका भुसालले नेपाली विद्यार्थी समाज जापान (नेसाज) को महासचिव (२०१९–२१) र केन्द्रीय अध्यक्ष (२०२१–२३) को जिम्मेवारी सम्हालिसक्नुभएको छ। त्यसपछि उहाँ NRNA जापानको सल्लाहकार बन्नु भयो र हाल शिक्षा तथा विद्यार्थी मामिला विभागका सदस्यका रूपमा सक्रिय हुनुहुन्छ।

साथै, उहाँ जापानको रोटरी क्लबलगायत विभिन्न सामाजिक संघसंस्थाहरूसँग सहकार्य गर्दै नेपालको कला, संस्कृति र पहिचानलाई जापानी समाजमा चिनाउने अभियानमा निरन्तर लागिरहनुभएको छ।

भुसाल जापानमा अध्ययनका लागि आउने नयाँ नेपाली विद्यार्थीहरूका लागि एक प्रेरणादायी मार्गदर्शक बन्नुभएको छ। कलेज छनोट, छात्रवृत्ति, पार्ट-टाइम रोजगार खोजीजस्ता विषयमा उहाँले निःशुल्क परामर्श प्रदान गर्नु सामान्य कुरा हो। त्यस्तै, जापानी भाषा नबुझ्ने नेपालीहरूलाई सरकारी कार्यालय वा अस्पतालमा स्वयंसेवक अनुवादकको रूपमा समेत उहाँले दिनहुँ सहयोग गर्दै आउनुभएको छ।

सरल स्वभाव, मिलनसार व्यवहार र सहयोगी भावना भएका भुसाल पद वा प्रतिष्ठाभन्दा पनि काम र जिम्मेवारीमा विश्वास राख्नुहुन्छ। यही सोचका साथ, उहाँले हालै NRNA जापानको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ र नेपाली समुदायको सुख-दुःखमा समर्पित भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

बिहीबार १ साउन २०८२ ०१:२६ PM मा प्रकाशित

प्रतिक्रिया