images

आज तुलसीको दल छर्ने एकादशी 


काठमाडौं । वैदिक सनातन धर्मावलम्बी, वैष्णव सम्प्रदायकाश्रद्धालुले आज आँगनको मठमा तुलसीको दल राखेका छन् ।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ। यो दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यो दिन राखेको दल (तुलसीको बेर्ना) तयार भएपछि आषाढ शुक्ल एकादशीकाअर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ।
यो पाली एकादशी तिथि पूरै सोमबार नै परेको थियो त्यसैलेवैदिक परम्पराका अनुयायीले सोमबार नै तुलसीको दल राखेका छन् । अन्तर्राष्ट्रिय कथा वाचक पंकज कुबेर सुवेदीले भने वैष्णव सम्प्रदायका लागि मंगलबार बिहान तुलसीको दल राख्न उपयुक्त दिन हुने बताएका छन् । मंगलबार सूर्योदयअघि नै द्वादशी तिथिलागिसकेको छ।  
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिन चार महिनासम्म तुलसीको विशेष पूजा गरी तुलसीको स्याहार गर्ने प्रचलन छ । त्यसपछि दामोदरसँग तुलसीकोविवाह गरिदिने गरिन्छ । 
आज काठमाडौंको बुढानिलकष्ठ लगायतका विष्णु मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुँइचो लाग्ने गर्दछ । 
 

मङ्गलबार ५ असार २०८१ ०६:३२ PM मा प्रकाशित

प्रतिक्रिया