images

इसीसी टी–२० विश्वकप क्रिकेट ः न्युजिल्यान्डसँग पपुवा न्युगिनी ७ विकेटले पराजित

काठमाडौं । आइसीसी टी–२० विआश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्ड विजयी भएको छ । सोमबार राति भएको खेलमा समूह बीबाट पहिला नै बाहिर भइसकेका न्युजिल्याड र पपुवा न्युगिनी (पीएनजी) भिडेका थिए ।
न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जितका साथ यात्रा समाप्त गरेको हो । पहिला खेलेको पपुवा न्युगिनीको पूरै टोलीले १९.४ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो, जवाफमा न्युजिल्यान्डले १२.२ ओभरमा ३ किवेट गुमाएर जित दर्ता गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीका दुवै ओपनर सस्तैमा आउट भएका थिए । टोनी उराले मात्र १ रन बनाए भने कप्तान असद भाला १६ बलमा ६ रन बनाएर पभेलियन फर्किए । चार्ल्स अमिनी र सेसे बाउको जोडीले स्कोर ४० भन्दा माथि पुर्याए पनि १७ रनको व्यक्तिगत स्कोरमा अमिनी आउट हुनेबित्तिकै विकेट झर्ने क्रम सुरु भयो । त्यसपछि केही समयमै स्कोर ५६ रन पुग्दा ६ विकेट गुम्यो  । त्यसपछि पनि ब्याट्सम्यान टिक्न सकेनन् र एकपछि अर्को गर्दै आउट हुँदै गए । यसरी पपुवा न्युगिनीको इनिङ्स अन्तिम ओभरमा सामान्य स्कोरमा समाप्त भयो । न्यूजिल्याण्डका लागि, लोकी फर्गुसनले सबैभन्दा बढी तीन विकेट लिए र टी–२० विश्वकपमा चार मेडेन ओभर बलिङ गर्ने पहिलो बलर पनि बने ।
लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको सुरुवात पनि खराब रह्यो । ओपनर फिन एलन इनिङ्सको दोस्रो बलमा खाता खोल्न नसकेर आउट भए । रचिन रविन्द्रले पनि ६ रन बनाएर आउट भए । कप्तान केन विलियम्सन  सँगसँगै डेभन कोनवेले स्कोरलाई ५० भन्दा माथि पुर्याए । तर उनी पनि ३२ बलमा ३५ रन बनाएर आउट भए । 
उनले तीन छक्का र दुई चौका प्रहार गरे । त्यसपछि विलियम्सन र ड्यारिल मिचेलले न्युजिल्याण्डलाई सहजै १३ ओभरमा जित दिलाए । विलियम्सनले १८ तथा मिचेलले १९ रनको नटआउट पारि खेलेका थिए । पपुवा न्युगिनीका लागि काबुवा मोरीले सर्वाधिक २ विकेट लिए ।
समूह सी मा परेको न्युजिल्याण्डको टोली खेल अघि नै सुपर ८ को दौडबाट बाहिर थियो । यस समूहबाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर ८ मा पुगेका छन् भने न्युजिल्यान्ड, युगान्डा र पपुवा न्युगिनी यसअघि नै पहिलो चरणबाटै बाहिरिएका छन् ।
यसैबीच, न्युजिल्याण्डको स्टार बलर ट्रेन्ट बोल्टले क्रिकेटबाट सन्यास लिएका छन् । यसअघि नै सन्यसा घोषणा गरेको बोल्टले पीएनजीविरुद्ध अन्तिम टी–२० खेलेका हुन् ।
बायाँ हाते तीब्र गतिका बलर बोल्टले न्युजिल्यान्डको सेन्ट्रल कन्ट्रयाक्टबाट धेरै अघि नै आफूलाई अलग गरेका थिए । तर पनि उनी गत वर्षको एकदिवसीय विश्वकप र यस वर्षको टी–२० विश्वकपमा खेलेका थिए ।  हालै उनले टी–२० विश्वकपमा अन्तिम पटक देखिने घोषणा गरेका थिए । टूर्नामेंटको आफ्नो अन्तिम खेलमा, बोल्टले पपुवा न्यू गिनी विरुद्ध ४ ओभरमा १४ रन दिएर २ विकेट लिए । उनले पीएनजीका हिरी हिरी र नर्मन भानुवालाई पभेलियन पठाएका थिए ।
 

मङ्गलबार ५ असार २०८१ ०५:५७ PM मा प्रकाशित

प्रतिक्रिया