images

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा०

महामन्त्रीजेनजीहरुलाई अलमलमा पारियो, झुक्याइयो स् कुन्ती कुमारी शाही‘चुनाव मात्र समाधान होइन, नयाँ समझदारी र मार्गचित्र आवश्यक छ’अहिलेको अनिवार्य आवश्यकता राजासहितको प्रजातन्त्रलाई पुनः स्थापित गर्नु हो स्काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की महामन्त्री कुन्ती कुमारी शाहीले देशको वर्तमान राजनीतिक परिस्थितिलाई जटिल र अलमलको अवस्थामा रहेको टिप्पणी गरेकी छन् ।नेपाल न्यूज बैंकसँग गरिएको कुराकानीमा उनले जेनजी आन्दोलनका मागहरू भ्रष्टाचारको अन्त्य र सुशासन अझै लागू नहुने अवस्था रहेको पनि बताइन् ।शाहीले भनिन्, ‘जेनजीको आन्दोलनको माग एउटा थियो । हालको व्यवस्थालाई नै खारेज गर्ने भन्ने थियो । भ्रष्ट एवम कुशासन ल्याउने व्यवस्थालाई खारेज गरेर नयाँ ढङ्गबाट जाऔं भन्ने थियो । तर जेनजीहरूलाई अहिले फेरिअलमलाइएको, झुक्याइएको, षड्यन्त्रमा पारेर पुनः उही व्यवस्था, उस्तै कुशासन र भ्रष्टाचारको चङ्गुलमै फेरि फर्कने काम गरेको छ ।’महामन्त्री शाहीले अबको विकल्पका लागि दल पार्टी भन्दा पनि देशलाई राखेर हरेक वर्गले सोच्ने बेला आएको बताइन् ।
‘अबको विकल्प, दलभन्दा माथि, दलको विचारभन्दा माथि देश छ भन्ने कुरामा अघि बढ्नुपर्छ । हरेक दलभित्र भएका नेतागणहरूले, कार्यकर्ताहरूले र सर्वसाधारण जनताले देशका बारेमा सोच्नुपर्छ । नेपाली जनताले जो आफूलाई सार्वभौमसत्तासम्पन्न भनेरभनिरहेका छौँ, विशेष रूपमा बुद्धिजीवी वर्गले, यहाँका हरेक वर्गहरूले सोच्ने बेला भएको छ,’ उनले भनिन् ।उनले वर्तमान निर्वाचन प्रक्रियाले देशलाई निकास दिन नसक्ने दाबी गर्दै, सबै दल र बुद्धिजीवी वर्गसहित देश र जनताको हित केन्द्रमा राखेर नयाँ सहमति निर्माण गर्नुपर्नेमा जोड दिइन् ।‘देशको सार्वभौमसत्ता केवल संविधानमा लेखेर होइन, व्यवहारमा कायम हुनुपर्छ । चुनाव मात्र समाधान होइन, नयाँ समझदारी र मार्गचित्र आवश्यक छ,’ उनले भनिन् ।युवाहरू, महिला नेताहरू र संस्कारी, चरित्रवान व्यक्तित्वलाई राजनीतिमा अगाडि ल्याउनुपर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्, ‘महिला नेतृत्वको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । सक्षम, भ्रष्ट्राचारमुक्त र त्याग गर्ने महिला नेताहरूलाई अघि बढाउन समाज रमतदाताले सहयोग गर्नु आवश्यक छ ।’शासन सत्ताको विकल्प अब सामाजिक न्याय, आर्थिक वृद्धि, वर्गीय हितको संरक्षण र राष्ट्रिय एकता सुदृढ गर्दै बलियो राज्य र समृद्ध जनता निर्माण गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन् ।‘अबको विकल्प भनेको शासन सत्ता सञ्चालन गर्ने बेला भन्दा पनिपृथ्वीपथभित्र भएको सामाजिक न्यायका, आर्थिक वृद्धि, वर्गीय हित, राष्ट्रिय एकता, अखण्डता र अर्थतन्त्र बलियो बनाउने हो । देश, जनता र राज्यलाई बलियो बनाउने कुरामा अगाडि बढ्नुपर्ने अहिलेको विकल्प हो,’ उनले भनिन् ।शाहीले दलभित्र महिलाप्रतिको दृष्टिकोण अझै सुधार गर्नुपर्ने बताइन् । उनका अनुसार हरेक पार्टीले महिला नेताहरूलाई सक्षम र चरित्रवान मान्न नसक्दा महिला आन्दोलन अघि बढाउन कठिनाइ भइरहेको छ ।शाही भन्छिन्, ‘महिला देशका नागरिक हुन् । सक्षम नागरिक बन्नका लागि महिला अनेक चुनौति सामना गर्छिन्। तर पार्टीभित्र उनीहरूको योगदानको मूल्यांकन ठीक ढंगले भइरहेको छैन,’उनी थप्छिन्, ‘नेतृत्वहरूले आफू मन परेका व्यक्तिहरूलाई अघि बढाउँदा समाजले खोजेको नैतिक, संस्कारी र भ्रष्ट्राचारमुक्त नेतृत्व पाउँदैन ।’उनले समाज र महिला मतदातालाई जागरूक हुन आह्वान पनि गरिन् ।उनले भनिन्, ‘अब महिलाले, समाजले सोचेर, सक्षम र संस्कारी महिला नेताहरुलाई अगाडि बढाउनुपर्ने बेला आएको छ । त्यस्ता नेतृत्वलाई समर्थन गरेर मात्र समाजमा समानता र न्याय स्थापित गर्न सकिन्छ ।’महामन्त्री शाहीले वर्तमान राजनीतिक परिस्थितिमा राजसंस्था आवश्यक र अनिवार्य शक्ति भएको बताइन् ।शाहीका अनुसार विगतका केही आन्दोलनका क्रममा राष्ट्रपति भवन जलाइनु प्रणालीप्रति वितृष्णा रहेको बताइन् ।उनले भनिन्, ‘राष्ट्रपति कुनै दल वागुटको भयो भन्ने कारणले होइन, देश बचाउन, सार्वभौमसत्ता र अखण्ड राष्ट्र कायम राख्न राजसंस्था स्थायी शक्ति हो । यो अनिवार्य शक्ति हो भन्ने कुरा नेपाली जनताले महसुस गरेका छन् ।’उनले वर्तमान राजनीतिक संकट र अव्यवस्थामा देशलाई दीर्घकालीन दृष्टिलेसुरक्षित राख्न राजसंस्थाको भूमिका अपरिहार्य रहेको जोड दिइन्।शाहीले देशका युवाहरूको अधिकार र सम्मानको सवाल उठाउँदै वर्तमान प्रणालीको आलोचना समेत गरिन् ।शाहीले भनिन्, ‘हामी १८–१९ वर्षको बीचमा कति कमजोर भएका रहेछौँ त रु हाम्रो सम्मान कहाँ गयो रु संविधानले सम्मानित ढंगबाट बाँच्ने व्यवस्था गरेको भए पनि विदेश जाने बेला पासपोर्ट अपहेलित हुँदैछौँ।’उनले थपिन्, ‘भ्रष्टाचार र भ्रष्टाचारी सिस्टमले होइन, दल र नेताहरूले बनाएको हो । यसबाट मुक्त हुन अहिलेको अनिवार्य आवश्यकता राजासहितको प्रजातन्त्रलाई पुनः स्थापित गर्नु हो । दलभित्र नयाँ चरित्र स्थापना गरेर मात्र देश सुरक्षित राख्न सकिन्छ ।’शाहीले वर्तमान व्यवस्थाप्रति असन्तोष व्यक्त गर्दै राजसंस्थालाई दीर्घकालीन स्थिरताको मुख्य शक्ति भनेर व्याख्या गरिन् । उनले वर्तमान राजनीतिक परिस्थितिमा राजसंस्थाको भूमिका युवाहरूको दृष्टिबाट औँल्याइन् ।शाहीले भनिन्, ‘अबको विकल्प भनेको नविन समझदारीबाट अघि बढ्नु हो । युवाहरू अहिले बुझ्न थालेका छन् कि राजसंस्था यो देशको एकताको आत्मा, सम्मानको प्रतिक र स्वतन्त्रताको प्रतिक रहेछ ।’उनले आगामी निर्वाचनका लागि नागरिकहरुलाई आफ्नो मतदानको महत्व बुझ्न आग्रह गरिन् । उनले भनिन्, ‘मेरो एउटा भोटले, मेरो देशमा स्वतन्त्र भएको महसुस गराउनुपर्छ । मेरो भोटले मेरा पिढी सुरक्षित हुन्छ भन्ने महसुसगराउनुपर्छ । मेरो भोटले मेरा पुर्खाको सपना पूरा हुने महसुस गराउनुपर्छ । त्यो महसुस गरेर नै मात्र परिवर्तन छ । त्यो महसुस गरेर नै मात्र यो देश बच्न सक्छ, नत्र देश नरहने अवस्थामा छ ।’अबको निर्वाचनमा जित वा हार भन्दा माथी देशको भावी संरक्षण र न्यायको पक्षमा भोट हाल्न आवश्यक रहेको बताइन् । उनले सबै नागरिकलाई मतदानलाई महादानको रूपमा लिन र सक्रिय सहभागी हुन आह्वान पनि गरिन्।

सोमबार ५ माघ २०८२ १०:३६ AM मा प्रकाशित

प्रतिक्रिया