काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।उम्मेदवारी दर्तापछि उनले आफूले निर्वाचन जित्ने विषयमा पूर्ण विश्वस्त रहेको बताए । राजनीति स्थायीत्व जरुरी रहेको बताउँदै उनले राजनीति स्थायीत्वको लागि भूमिका खेल्ने प्रतिबद्धता जनाए ।उनले भने, ‘प्रतिस्पर्धाको लागि उम्मेदवारी दर्ता गराइयो । विजयको अपेक्षा पूर्ण रुपमा गर्दै मैले उम्मेदवारी दर्ता गरेको छु । विकास निर्माणका मुद्दाहरुलाई उठाउँछौं ।राजनीति स्थायीत्व जरुरी छ । त्यो राजनीति स्थायीत्वको लागि आफ्नो ठाउँबाट भूमिका निभाउँछौं ।’निर्वाचन जित्ने ठूलो आधार जनताको समर्थन भएको भन्दै उनले एमालेको जित सुनिश्चि भएको दाबी गरे । क्षेत्र नं ५ बाटै राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
प्रतिक्रिया