गल्कोट समाज जापान कान्साई क्षेत्रिय समितिको सातौं अधिवेशन सम्पन्न, नर बहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति गठन

ओसाका, जापान । गल्कोट समाज जापान कान्साई क्षेत्रिय समितिको सातौं अधिवेशन सम्पन्न भएको छ । केन्द्रकी अध्यक्ष कालिका थापाको प्रमुख आतिथ्यतामा सोमबार ओसाकामा सम्पन्न भएको हो । अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष थापाले जस्लाई दुःख पर्छ जहाँ अप्ठयारोमा हुन्छ त्याँहा सहयोगका निम्ती गलकोट समाज जापान पुगेको हुन्छ, गल्कोटको मात्र नभई सम्पूर्ण नेपालीहरुको निम्ती समाजले काम गरिरहेको अध्यक्ष थापाले बताईन ।

कार्यक्रमका अन्य वक्ताले पनि गल्कोट समाजले गरेका राम्रा कार्यको बारेमा चर्चा गर्नू भएको थियो । अधिवेशनले  क्षेत्रिय समितिको  प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पास गरेको सचिव कौशल बोहोराले जानकारी दिए । “हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी गल्कोट क्षेत्रको सामाजिक, आर्थिक, सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गल्कोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले सन् २००६ मा स्थापना भएको समाज हो ।   

कार्यक्रममा गैर आवसिय नेपाली संघ एनआरएनएका उपाध्यक्ष कृष्ण गैरे, सचिव दिलिप कडेल, एनआरएन कान्साइका संयोजक हरि प्रसाद कडेंल, सहसंयोजक टिआर गौडेल, गल्कोट समाज जापानका वरिष्ठ उपाध्यक्ष रत्न सिंह बस्नेत, संरक्षक मोहन खत्री लगाएतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो भने समाजका अध्यक्ष रामु सहानीको सभापतित्वमा अधिवेशन सम्पन्न भएको थियो ।

कार्यक्रम ओसाकामा रहेको जिग्री दोहोरी साँझमा जुन १७ मा  सम्पन्न अधिवेशनले नरबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा नविन गौतम, उपाध्यउक्षहरु विपिन सापकोटा, सन्देश बुढाथोकी, सचिवमा कौशल बोहोरा, सहसचिवमा भुवन सापकोटा तथा टिका साकोटा, कोषाध्यक्षमा मनिराम कडेंल, सहकोषाध्यक्षमा शुक्र पुन रहेका छन् भने कार्यसमिति सदस्यहरु वेल बस्नेत, सागर खत्री, लक्ष्मी खत्री, कृष्ण खत्री, नविन रेग्मी, शुरेश थापा, मेघराज सापकोटा, दुर्गेश कार्की, गणेश खत्री, कुमार घर्ती, रमेश खत्री, उमा बस्नेत, सुर्य थापा, समिर निउरे, पवित्रा भण्डारी, रोशन सापकोटा रहनु भएका छन । सन २०१२ मा स्थापना भएको गल्कोट समाज कान्साईको अग्रजनेपाली समाज हो ।