काठमाडौं ४ भाद्र २०८३ । नेपालमै पहिलो पटक ‘अपोलो कार्मिक्स एसएलएम अपरेटर भेटघाट तथा तालिम कार्यक्रम’ धुलिखेलस्थित सन्राइज रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको छ ।
नेपालका लागि अपोलो इन्फ्राटेक ग्रुपको आधिकारिक डिलर परिना इन्टरनेसनल प्रा.लि., एकान्तकुना, ललितपुरको आयोजनामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरबाट करिब ६५ जना अपरेटर तथा सम्बन्धित प्राविधिकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा परिना इन्टरनेसनल प्रालिका प्रबन्ध निर्देशक दीपक आचार्य, निर्देशहरु तथा डिजिएम शिव कुमार उपाध्यायको उपस्थिति रहेको थियो । त्यस्तै, अपोलो इन्फ्राटेक ग्रुपका डिलर डेभलपमेन्ट म्यानेजर कौशल मेहता, सर्भिस एण्ड स्पेयर म्यानेजर विमल पटेल तथा अपोलो कार्मिक्सका असिस्टेन्ट म्यानेजर इर्फान सेख विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

तालिमका क्रममा सहभागी अपरेटरहरूलाई कार्मिक्स एसएलएम मेसिनको सही सञ्चालन, सुरक्षा मापदण्ड, नियमित मर्मतसम्भार, प्राविधिक पक्ष तथा नयाँ प्रविधिका विषयमा सैद्धान्तिक तथा व्यावहारिक जानकारी प्रदान गरिएको थियो। साथै, अपरेटरहरूबीच अनुभव आदानप्रदान गर्दै मेसिन सञ्चालनका क्रममा देखिने समस्या तथा त्यसको समाधानका विषयमा समेत गहिरो छलफल गरिएको थियो । अपोलो कार्मिक्स इक्युपमेन्टस् प्रालि.ले उत्पादन गर्ने उक्त मेसिनको स्पेयर पाट्र्स तथा सर्भिसको जिम्मेवारी प्राइम मोटर्स प्रालि., एकान्तकुना, ललितपुरले लिँदै आएको छ ।
परिना इन्टरनेसनल प्रालिले अपोलो इन्फ्राटेक ग्रुपका कार्मिक्स, कंक्रिट ब्याचमिक्स, कंक्रिट पेभर, अपटेक लगायतका उत्पादन तथा पार्कर ग्रुपका एस्फाल्ट ड्रम मिक्स, पेभर, एस्फाल्ट ब्याचमिक्स, ब्लक मेकिङ मेसिन तथा ह्युमपाइप मेसिन बिक्री–वितरण गर्नुका साथै मर्मत तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको जनाएको छ ।
नेपालमा पहिलो पटक आयोजना गरिएको यस किसिमको अपरेटर भेटघाट तथा तालिम कार्यक्रमले मेसिनको सुरक्षित, प्रभावकारी र दीर्घकालीन सञ्चालनमा ठूलो सहयोग पुग्ने आयोजकको विश्वास छ। यस कार्यक्रमले अपरेटरहरूको प्राविधिक ज्ञान तथा सीप अभिवृद्धि गर्नुका साथै मेसिन प्रयोगकर्ताबीच आपसी अनुभव साटासाट गर्नका लागि महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले बताएका छन् । कार्यक्रममा सहभागी अपरेटरहरूले यस्ता उपयोगी तालिम तथा भेटघाट कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा विशेष जोड दिएका थिए ।

प्रतिक्रिया