images

आज सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य स्थिर 

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार सुनको मूल्य तोलामा ४ सयले वृद्धि भइ १ लाख ९३ हजार ७ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
महासंघका अनुसार आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९३ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आइतबार चाँदीको प्रतितोला मूल्य २ हजार २ सय ८५ रहेको थियो । 
 

सोमबार ५ साउन २०८२ ०३:०५ PM मा प्रकाशित

प्रतिक्रिया