images

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।शुक्रबार सुन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।

आइतबार​ १० फागुन २०८२ १२:२० PM मा प्रकाशित

प्रतिक्रिया