images

सर्लाहीमा निर्वाचनलक्षित नमुना मतदान

सर्लाही । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा संयुक्त रूपमा नमुना मतदान ९निर्वाचन सिमुलेसन० अभ्यास सम्पन्न गरिएको छ।शनिबार दिउँसो मलगंवा नगरपालिका – २ स्थित कबड हल मैदानमा अभ्यास सम्पन्न हो।अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा निर्वाचन प्रहरीको संयुक्त सहभागिता रहेको थियो। मतदान केन्द्रको सुरक्षा प्रबन्ध, मतदाता प्रवेश, मतदाताले मतपत्र कसरी बुझ्ने, स्वस्तिक छाप कहाँ र कसरी लगाउने, गोप्य कक्षमा प्रवेश गर्दा ध्यान दिनुपर्ने विषय,मतपत्र मोड्ने तरिका तथा मतपेटिकामा सुरक्षित रूपमा खसाल्ने प्रक्रिया, आपतकालीन अवस्था व्यवस्थापन, भीड नियन्त्रण तथा समन्वयात्मक कार्यप्रणालीको व्यवहारिक अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थपलियाले निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।उनले जिम्मेवार र सतर्क भूमिका निर्वाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।अभ्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलिया सहभागी हुनुभएको थियो। त्यसैगरी प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया, कालीध्वज गणका गणपति उमेश खड्का, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक अमर ब। खत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सर्लाहीका प्रमुख संजय कुमार मण्डल तथा जिल्ला निर्वाचन अधिकृत ऋषिराम पौडेल लगायतको उपस्थिति रहेको थियो।

आइतबार​ १० फागुन २०८२ ११:३७ AM मा प्रकाशित

प्रतिक्रिया