images

धुनषामा आचारसंहिता विपरित टाँसिएका करीब २० हजार निर्वाचन प्रचार सामग्री हटाइयो

काठमाडौं । धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम नगर क्षेत्रभित्र उम्मेदवारहरुले आचारसंहिता विपरित विभिन्न ठाउँमा टाँसेका निर्वाचन प्रचार सामग्री हटाएको छ ।कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार(प्रसारका लागि विभिन्न ठाउँमा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको हो ।सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाएको हो ।उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउका लागि धनुषाका विभिन्न स्थानमा पर्चा, पम्पलेट अत्यधिक मात्रामा प्रयोग गरिएको पाइएको थियो । बजार क्षेत्र, चोक, सार्वजनिक भित्ता र सरकारी संरचनामा आचारसंहिताविपरीत सामग्री टाँसिएकोे थियो ।

आइतबार​ १० फागुन २०८२ १२:०६ PM मा प्रकाशित

प्रतिक्रिया