रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइयो

काठमाडौँ । काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज दिदीबहिनी नहुनेहरूले भाइटीका लगाएका छन्। यो मन्दिर वर्षमा एक पटक, भाइटीकाको दिनमा मात्रै खुलाइने परम्परा छ। तिहारको प्रमुख भाइटीकाका दिन आज उनीहरूले आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका हुन्।
परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ। बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा आज विशेष चहलपहल देखिएको थियो। भाइटीकाको शुभ साइत बिहान ११स्३९ बजे भएपनि बालगोपालेश्वर मन्दिर भने आज बिहानैदेखि सर्वसाधारणका लागि खोलिएको थियो।