काठमाडौं । शिर्जनशिल बिउ उत्पादक कृषक समूहले कृषकहरुले उत्पादन गरेको तरकारी बारिमै नकुहियोस् भनेर शनिबार बडिखेलमा हाटबजार लगाएको छ । ७ वर्षदेखी १०० रुपैयाँ जम्मा गर्दै आएको यो संस्थाले अहिले २२ जनाको कार्यसमिति बनाएर हाटबजार सञ्चालनमा ल्याएको हो । घरेलु किसानहरुलाई फाइदा पुग्ने गरी हाटबजार सञ्चालनमा ल्याएको शिर्जनशिल बिउ बैंकको अध्यक्ष नबिना नगरकोटीले बताइन् । उनले भनिन् , ‘हाटबजार सञ्चालन गर्दा घरेलु किसानहरुलाई धेरै नै फाइदा हुन्छ । करेसाबारीमा उत्पादन गरेको तरकारी फल्ने समयमा धेरै हुँदा कुहिएर जान्छ र हाम्रो मिहेनतको फल प्राप्त गर्न सकिँदैन । त्यहीँ समयमा करेसाबारीमा फलेको तरकारीहरु हाटबजारमा ल्याएर बेच्ने गर्दा राम्रो आम्दानी समेत हुन्छ । आफूसँग धेरै भएको तरकारी हाट बजारमा राखेर नभएको तरकारी साटेर खान पनि मिल्छ । यसै कारणले यो क्षेत्रका तरकारी कृषकहरु खूसी पनि छन् ।’ साथै उनले यो समुहमा ९३ जना कृषक रहेको समेत बताइन् । उनले एक जनाबाट सुरु गरेको यो संस्थामा अहिले ९३ जनामध्ये २२ जनाले कृषि नै गरिरहेको बताइन् । यो हाट बजार गाउँको लागि राम्रो भएको तरकारी किन्ने ग्राहकहरुको भनाइ छ । हाट बजारमा रायो, काउली, मुला, च्याउ, कागती, टमाटर, बन्दा, हरीयो खुर्सानी, धनियाँ, गाजर , सिमीजस्ता तरकारीहरुको बेच्नको लागि राखिएका छन् । दिनको २ हजारदेखी २५ सय सम्म आम्दानी हुने गरेको कृषक व्यापारीहरुले बताए । साथै कहिलेकाहीँ हप्ताको ८ हजार रुपैयाँ समेत आम्दानी हुने गरेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया