images

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार रु

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । भने चाँदीको घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो ।

मङ्गलबार १२ फागुन २०८२ १२:३७ PM मा प्रकाशित

प्रतिक्रिया