images

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति रु

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रुपैयाँ  ९८ पैसा कायम भएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ४० पैसा र बिक्रीदर १५६ रुपैयाँ ०८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रुपैयाँ २० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ  र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ  ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ  ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।युएई दिराम एकको खरिददर ३७ रुपियाँ १३ पैसा र बिक्रीदर ३७ रुपियाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०६ पैसा र बिक्रीदर ३१ रुपियाँ २० पैसा निर्धारण भएको छ ।

बिहीबार ११ बैशाख २०८२ ०९:११ AM मा प्रकाशित

प्रतिक्रिया