रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार अपराह्न करिब ४ः३० बजेको समयमा स्थानीय दुर्गामान बम्जनको २।५ तले घरको बीच तल्लास्थित भान्सा कोठाभित्र पेट्रोल÷मट्टितेल छर्की आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको थियो ।आगलागीमा परी दुर्गामान बम्जनको खुट्टा र ढाड जलेको अवस्थामा उपचारका लागि सिन्धुली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो । सुरुमा भान्सामा आगो सल्कदा उनको मृत्यु भएको सूचना आएकोमा प्रहीले अनुसन्धान सुरु गरेपछि हत्या गरिएको पुष्टि भएको छ ।अनुसन्धानका क्रममा घटनास्थलबाट पेट्रोल भरिएको दुईवटा बोतल, जलेको अवस्थामा पेट्रोल रहेको बोतल, लाईटर तथा बाँसको भाटामा सल बेरी बनाइएको राँको ९पुल्ठो० फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।घटनास्थल शङ्कास्पद देखिएपछि प्रहरीले मृतककी सासू माया रानी बम्जन र नन्द मीना लामा ९बम्जन० लाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछका क्रममा मीना लामाले मृतक सुशीला बम्जनमाथि पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीको भनाइ छ ।यसैबीच, पुस ७ गते मृतकका बुबा हरिहरपुरगढी गाउँपालिका–४ निवासी प्रेमबहादुर घिसिङले सासू माया रानी बम्जन र नन्द मीना लामा ९बम्जन० विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । जाहेरीका आधारमा ज्यान सम्बन्धी कसूर ९कर्तव्य ज्यान० मुद्दामा सोही दिन मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका दुवै प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–४ स्थायी वतन भई हाल कमलामाई नगरपालिका–४ बस्ने ५९ वर्षीया मायारानी बम्जन र उनकी छोरी ३५ वर्षीया मीना लामा ९बम्जन० रहेका छन् ।
प्रतिक्रिया