images

धनुषामा चिसोको प्रभावः मानिस र पशुधन दुवै प्रभावित

एक सातादेखि एक्कासी बढेको चिसोका कारण तराई–मधेश क्षेत्रमा जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेसँगै बजार क्षेत्र सुनसान देखिन थालेका छन् भने सर्वसाधारणको आवतजावत उल्लेख्य रूपमा घटेको छ ।
ग्रामीण भेगमा किसानहरू चिसोका कारण ढिलो गरी खेततर्फ जान थालेका छन् । बिहानपख बाक्लो शीत र चिसो हावाका कारण कृषि गतिविधि प्रभावित भएको छ । गाईभैंसी चराउन जानेहरुलाई पनि निकै समस्या भोग्नुपरेको छ । चिसोबाट बचाउन गाई भैसीलाई किसानहरुले कपडा बाँधिदिने गरेका छन् ।धनुषाका विभिन्न स्थानहरुका तस्विरहरु।।।।

बुधबार ९ पुस २०८२ १०:२२ AM मा प्रकाशित

प्रतिक्रिया