images

आज नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक बस्दै 

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज बस्ने भएको छ । सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल हुनेछ । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले त्यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ । यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विवादबारे पनि छलफल हुनसक्ने बुझिएको छ । 
 

सोमबार १३ जेठ २०८२ १२:०८ PM मा प्रकाशित

प्रतिक्रिया