images

एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् । प्रधानमन्त्री शाह उद्घाटन समारोहमा सहभागी हुने भए पनि उनी कार्यक्रमस्थलमा पुग्ने समय भने निश्चित भइसकेको छैन । प्रधानमन्त्रीको सहभागिता र समयबारे अन्तिम टुंगो कार्यक्रमको समयमा लाग्ने उनले बताईन् ।

एनपीएलको उद्घाटन खेल आज बेलुका ५ बजे त्रिवि मैदान किर्तिपुरमा हुँदैछ । उद्घाटन खेलमा अघिल्लो सिजनको बिजेता टोली लुम्बीनी लायन्स र उपबिजेता सूदूरपश्चिम रोयल्स भिड्दैछन ।

सोमबार १० कात्तिक २०८३ ०१:०६ PM मा प्रकाशित

प्रतिक्रिया